काठमाण्डु, ६ मंसिर– नेकपा बहुमतका कार्यकर्ताले मिटर ब्याज असुलेको आरोप लगाउँदै दाङ घोराहीका एक व्यवसायीमाथि आक्रमण गरेका छन ।
आज (बिहीबार) बिहान घोराहीको विपी चोकस्थित सञ्जिवनी कलेजका शिक्षकसँग ऋण असुल्न गएका बेला नेकपा बहुमतका कार्यकर्ताले धनबहादुर बस्नेतको नाकमा चक्कु प्रहार गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।
घाइते बस्नेत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराएर घर फर्किसकेका छन् ।
आक्रमणमा संलग्न नेकपा बहुमतका कार्यकर्ता फरार रहेका र खोजी भइरहेको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले जानकारी दिएका छन ।