सेयर बजारका सबै सूचक घटे, सवा ८ अर्बको कारोबार

काठमाण्डु टुडे २०८१ मंसिर ६ गते १५:४० मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाली बजारमा सेयर बजार परिसूचक (नेप्से) ३१.३१ अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्ज –नेप्से)का अनुसार यो दिन बजार परिसूचक १.१५ प्रतिशतले घटेर २६८०.४४ विन्दुमा झरेको हो । आज बजारमा सेयर बजारमा १ करोड ८४ लाख कित्ता सेयर किनबेच भयो ।

जसबाट ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

आज बजारमा कारोबार भएका कुल २४४ वटा कम्पनीमध्ये १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने चार वटाको मूल्य स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।

आज सामुदायिक लघुवित्त र त्रिस्टार हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज बजारमा रहेका १३ मध्ये सबै उपसमूहको सूचक घट्दा सबैभन्दा धेरै फाइनान्स समूह २.८६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us