विदेश पठाउने भन्दै फेसबुकमा विज्ञापन गरेर ठगेको आरोपमा एक युवक पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर ६ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– प्रहरीले विदेश पठाउने भन्दै सामाजिक सञ्जालमा फेसबुकमा विज्ञापन गरेर ठगी गरेको आरोपमा एक युवक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भइ हाल काठमाण्डुको तारकेश्वर बस्दै आएका २१ वर्षीय सुरज पौडेल रहेका छन । उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले फेसबुकमा सुवेदी अभिशेक नामको आईडी खोलेर दुवईमा रोजगारीमा पठाउने भन्दै विज्ञापन गरेका थिए । त्यसपछि विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाएर ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले जानकारी दिएका छन । उनीविरुद्ध अहिलेसम्म २ लाख १५ हजार रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us