श्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर ६ गते ११:५३ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– प्रहरीले रौतहटको सदरमुकाम गौरस्थित राईस मिलको बाटोबाट प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा स्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पैदल यात्रीलाई पक्राउ गरेको छ ।

प्रहरीले चेकजाँचको क्रममा बुधवार साँझ गौर नगरपालिका १ का वर्ष ५४ को वीरेन्द्र कुमार जयसवालले लुकाई छिपाई राखेको ५ सय दरको नेपाली नोट २०० थान र १हजार दरको नेपाली नोट ५ सय थान गरी कुल ६ लाख नेपाली रुपैयाँ, १ थान मोबाइलसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिएका छन ।

बरामद रकमको श्रोत खुलाउन नसकेकोले रकमसहित पक्राउ परेका जयसवाललाई रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us