रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाण्डु टुडे २०८१ मंसिर ५ गते १२:३३ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बुधबार पनि बस्दैछ । मंगलबार बसेको बैठकले आन्दोलनको ठोस निर्णय लिन नसकेपछि रास्वपाले आज बैठक बोलाएको हो ।

अर्को चरणको विरोध प्रदर्शन गर्ने बताएको रास्वपाले त्यसको स्वरुपम तय गर्न बैठक बोलाएको रास्वपाका एक नेताले जानकारी दिएका छन ।

बैठक आज दिउँसो तीन बजे बस्ने कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । उनले भने, ‘आन्दोलन गर्नेमा सबै एकमत छौं । कुन मोडालिटीको गर्ने आज तय हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us