काठमाण्डु, ५ मंसिर–नवलपरासी जिल्लाको सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता १ बरुवा बस्ने वर्ष ६५ का रामजी नेपाली रहेको प्रहरीले जानकारी दिएको छ ।
सुस्ता गाउँपालिका– १ बरुवा स्थित भित्री सडक खण्डमा बर्दघाटबाट त्रिवेणी तर्फ जाँदै गरेको लु २ ख ८९३ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको साइकल यात्री लाई ठक्कर दिँदा नेपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सख्त घाइते भएका उनलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी रमेश वोहोराले जानकारी दिएका छन ।