राजधानीमा सहकारी पीडितहरुको विरोध प्रदर्शन

काठमाण्डु टुडे २०८१ मंसिर ५ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– आज बुधबार सहकारी पीडितहरुले काठमाण्डुमा विरोध प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान –महासंघ) को आयोजनामा पीडितहरुले देशको संघीय राजधानी काठमाण्डुमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले उपत्यकाका सोह्रखुट्टे, चाबहिल, गठ्ठाघर, पुल्चोकबाट र्याली निकालेका थिए । सो र्याली माइतीघरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीहरुले ‘‘हामी सहकारी बचतकर्ताको पौने ३ खर्ब रुपैयाँ लुटियो ।

गुहार ! गुहार ! ’ पाकेन भात सहकारी पीडितहरुको चुलोमा, न्याय मर्यो सरकार तिमी छौ कुन दुलोमा, नेपालभरीका सहकारी पीडितहरु एक हौं’ लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us