न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर ५ गते १४:३६ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– प्रहरीले न्युजिल्याण्ड पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ घर भएकी २४ वर्षीया नबिना दाहाल रहेकी प्रहरीले जानकारी दिएको छ ।

आकर्षक तलब पाउनेगरी न्युजिल्याण्डमा पठाउँछु भनेर आरोपीले १ लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिएका छन ।

साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us