काठमाण्डु, ५ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) होबिन्द्र बोगटीले जानकारी दिएका छन । आगामी ७ मंसिरमा प्रसाईँ नेतृत्वको समूहले काठमाण्डु प्रदर्शन गर्ने तयारी गरेको छ ।
भड्काऊ पूर्ण आन्दोलन गर्नसक्ने आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । आरोपीहरुविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।