समाचार

माओवादीको पदाधिकारी बैठक प्रचण्ड निवास खुमलटारमा जारी

२०८१ मंसिर ४ गते १७:२७

काठमाण्डु, ४ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा जारी छ । विधान हेरफेर, उपनिर्वाचनको तयारी लगायत विषयमा छलफल गर्न बैठक बसेको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन । आजको ०८० मा सम्पन्न विधान अधिवेशनले...

मन्त्रिपरिषद् बैठक बस्दै

२०८१ मंसिर ४ गते १७:१०

काठमाण्डु, ४ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन । आज मंगलबार साझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।...

दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइयो

२०८१ मंसिर ४ गते १६:१८

काठमाण्डु, ४ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ । आज मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वीरमा स्वास्थ्य...

सहकारी ठगी प्रकरणः कुमार रम्तेललाई पोखरा पठाइयो

२०८१ मंसिर ४ गते १६:१४

काठमाण्डु, ४ मंसिर– कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएर पक्राउ परेका कुमार रम्तेललाई पोखरा फिर्ता गरिएको छ । शनिबार काठमाण्डु ल्याइएका रम्तेको बयान सकेर सोमबार साँझ पोखरा फिर्ता गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एक जना उच्च अधिकृतले जानकारी दिएका छन । जिल्ला प्रहरी परिसर...

उच्चस्तरीय बैठक बस्न जाँदा कार्यालय बन्द भएपछि शेष घलेले भने– नसोचेको भयो

२०८१ मंसिर ४ गते १६:१०

काठमाण्डु, ४ मंसिर– गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष शेष घलेले बद्री केसी पक्षबाट नसोचेको कार्य भएको प्रतिक्रिया दिएका छन । उनले एनआरएनएलाई मिलाएर लैजाने उद्देश्यका साथ आफूले मंगलबार उच्चस्तरीय समितिको बैठक बोलाएको भएपनि कार्यालय बन्द...

पूर्वडीआईजी जोशीलाई काठमाण्डु ल्याइँदै

२०८१ मंसिर ४ गते १५:४५

काठमाण्डु, ४ मंसिर– सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाण्डु ल्याउने तयारी गरीएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई मंगलबार काठमाण्डु पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले जानकारी दिएका छन । जोशी सूर्यदर्शन सहकारीको रकम...

सङ्घीयता कार्यान्वयन गर्न दलहरू उदासीन भए: उपमहासचिव शर्मा

२०८१ मंसिर ४ गते १५:४१

काठमाण्डु, ४ मंसिर– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संविधान र सङ्घीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा राजनीतिक दलहरू उदासीन भएको दाबी गरेका छन । आज (मंगलबार) त्रिभुवन विश्वविद्यालय द्वन्द्व र विकास विभागले काठमाण्डुको कमलादीमा आयोजना गरेको शान्ति प्रक्रियास् विगत र वर्तमानसम्बन्धी अन्तर्क्रिया...

दुर्गा प्रसाईंलाई स्वास्थ्य जाँचका लागि वीर अस्पताल पुर्याइयो

२०८१ मंसिर ४ गते १५:३२

काठमाण्डु, ४ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई स्वास्थ्य जाँचका लागि वीर अस्पताल पुर्याइएको छ । आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीले स्वास्थ्य जाँचका लागि अस्पताल पुर्याएको हो ।...

असोजमा भित्रियो हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रेमिट्यान्स

२०८१ मंसिर ४ गते १५:२९

काठमाण्डु, ४ मंसिर– चालु आर्थिक बर्षको असोज महिनामा हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रेमिट्यान्स भित्रिएको छ । एक महिनामा भित्रिएको यो रेमिट्यान्स हालसम्मकै उच्च हो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा कुल ४ खर्ब ७...

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

२०८१ मंसिर ४ गते १५:०४

काठमाण्डु, ४ मंसिर– नेपालको विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोजसम्म यस्तो सञ्चिति १६ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ । चालु आर्थिक बर्षको असार मसान्तसम्मको तुलनामा...

माओवादी मुख्यालयमा आमरण अनसन बसे क्रान्तिकारीका तीन नेता

२०८१ मंसिर ४ गते १३:४०

काठमाण्डू, ४ मंसिर- माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केही नेता आमरण अनसन बसेका छन् । विघटित केन्द्रीय समितिका उपाध्यक्ष केशव रावल तथा केन्द्रीय सदस्यद्वय खगेन्द्र रावल र जनक ढुंगानाले पार्टी मुख्यालय कोटेश्वर पेरिसडांडामा मंगलबारदेखि आमरण अनसन थालेका हुन् । पूर्वनिर्धारित मिति २३ मंसिरमा...

‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि दुर्गा प्रसाईँलाई नियन्त्रणमा लिइएको हो: सीआइबी

२०८१ मंसिर ४ गते १३:१६

काठमाण्डु, ४ मंसिर– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको जानकारी दिएको छ । ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन । प्रसाईंविरुद्ध...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us