समाचार

गलकोटका सबै बस्तीमा पुग्यो सडक

२०८१ मंसिर ४ गते ८:४९

बागलुङ, ४ मंसिर– गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पुर्याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ । ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो । नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनपूर्व गलकोटमा तीन सय ३० किलोमिटर ग्रामीण...

केपी ओलीले झुठ बोलेको शेखर कोइरालाको आरोप

२०८१ मंसिर ४ गते ८:२२

काठमाण्डु, ४ मंसिर– काँग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने अन्तिम तयारी गरेको बताएका छन् । आफूहरुको विरोधका कारण ओली पछि हटेको दाबी कोइरालाले गरे । उनले झण्डै दुई तिहाइको समर्थन प्राप्त सरकारलाई दल विभाजनको अध्यादेश ल्याउनुपर्ने कारण...

एमालेलाई काँग्रेस नेता कोइरालाको प्रश्नः सरकारमा बसेर शक्ति प्रदर्शन होइन, काम गर्नुस्

२०८१ मंसिर ४ गते ७:५६

काठमाण्डु, ४ मंसिर– काँग्रेस नेता डा. शेखर कोइरालाले एमालेले आगामी ७ मंसिरमा राजधानीमा गर्न लागेको जनप्रदर्शनको विरोध गरेका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायर साइड’ मा रुपेश श्रेष्ठसँग कुरा गर्दै कोइरालाले सरकार नेतृत्वकर्ता सुशासन र विधिको शासनका लागि भन्दै सडक प्रदर्शन गर्ने नभई काम...

ओलीको चीन भ्रमणको संयोजन गर्ने जिम्मा आरजुलाई दिने निर्णय गरिनु आश्चर्यजनकः कोइराला

२०८१ मंसिर ४ गते ७:४९

काठमाण्डु, ४ मंसिर– काँग्रेस नेता डा. शेखर कोइरालाले काँग्रेस र एमालेले सरकार सञ्चालनका लागि गठन गरेको राजनीतिक संयन्त्रको विरोध गरेका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायर साइड’ मा रुपेश श्रेष्ठसँग कुरा गर्दै उनले संयन्त्रको औचित्य नभएको बताए । आफ्ना सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री...

नवलपरासीबाट काठमाण्डु आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

२०८१ मंसिर ४ गते ७:२१

काठमाण्डु, ४ मंसिर– नवलपरासीबाट काठमाण्डुतर्फ आउँदै गरेको लु२ ख२५० नम्बरको ट्रक त्रिशूलीमा खसेको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० खयरघारीबाट बिहान करिब ६ बजेतिर ट्रक त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । धादिङ प्रहरीका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले दुर्घटनास्थलबाट ट्रक धनी चितवनको खैरहनी नगरपालिकाका ४६...

जसले फ्रान्स र सिङ्गापुरे लाहुरे बनेर फेसबुकमार्फत धेरै महिला ठगे…

२०८१ मंसिर ३ गते २१:५८

काठमाण्डु, ३ मंसिर- नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाण्डुको चन्द्रागिरी नगरपालिका–७ बस्ने रुद्रबहादुर गुरुङ छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले...

दक्षिण कोरियाद्वारा ६ नेपालीलाई देश निकाला

२०८१ मंसिर ३ गते २१:४४

एजेन्सी-  दक्षिण कोरियाले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा ६ नेपालीलाई देश निकाला गरेको छ । निष्काशनमा पर्नेहरुमा लक्ष्मण महत, दिलु रानामगर, सुरज भट्टराई, वीरबहादुर मल्ल, आशिष थापा र विशाल मुकारुङ छन् । शुक्रबार र शनिबार गरी उनीहरुलाई नेपाल डिपोट गरिएको थियो । दक्षिण कोरिया...

केही मन्त्री हटाउने तयारी

२०८१ मंसिर ३ गते २०:१०

काठमाण्डु, ३ मंसिर–प्रमुख सत्तारुढ घटक काँग्रेस र एमालेले मन्त्री परिवर्तन गर्ने तयारी गरेका छन् । श्रोतका अनुसार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच मन्त्री हेरफेर गर्ने विषयमा छलफल भइरहेका छन् । ओली स्वास्थ्यमन्त्री प्रदीप पौडेल र संस्कृति पर्यटन तथा...

पृथ्वीराजमार्ग आज रातिदेखि बन्द हुने

२०८१ मंसिर ३ गते १९:५१

तनहुँ, ३ मंसिर– मुग्लिङ–पोखरा सडक योजना अन्र्तगत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड सोमबार राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ । पहिलो चरणमा सोमबार राति ११ बजेदेखि राति १ बजेसम्म र दोस्रो चरणमा राति १ः३० बजेदेखि बिहान...

एमालेको बर्चस्व खोस्न रास्वपाले एमालेबाटै विद्रोह गराएर उम्मेदवार बनायो

२०८१ मंसिर ३ गते १९:४५

गोरखा, ३ मंसिर–गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एमालेबाट ल्याएर उपनिर्वाचनको उम्मेदवार बनाएको छ । आगामी १६ मंसिरमा हुने उपनिर्वचनका लागि रास्वपाले मंगलबहादुर थापालाई उम्मेदवार बनाएको हो । उनी एमाले स्थानीय नेता हुन् । ०७९ को स्थानीय तह निर्वाचनमा थापा सोही वडाबाट वडा सदस्यका...

चकलेट किनिदिने प्रलोभन देखाएर बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

२०८१ मंसिर ३ गते १८:१५

काठमाण्डु, ३ मंसिर– प्रहरीले बारामा चकलेट किनिदिने प्रलोभन देखाएर बालिका बलात्कार गरिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–१३ मा सोमबार बिहान १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए । ती पुरुषले...

चुनाव हुने स्थानीय तहलाई आयोगको निर्देशनः सडक र गाडी तयारी अवस्थामा राख्नू

२०८१ मंसिर ३ गते १७:४१

काठमाण्डु, ३ मंसिर– निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । आगमी ५ मंसिरदेखि १६ मंसिर सम्म मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न नपाइने व्यवस्था गर्न आयोगले सरकारलाई आग्रह गरेको हो।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us