चकलेट किनिदिने प्रलोभन देखाएर बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते १८:१५ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– प्रहरीले बारामा चकलेट किनिदिने प्रलोभन देखाएर बालिका बलात्कार गरिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

निजगढ नगरपालिका–१३ मा सोमबार बिहान १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।

ती पुरुषले बालिकालाई चकलेट किनिदिने भन्दै जंगलमा लगेर बलात्कार गरेको प्रवक्ता सापकोटाले बताए ।

बलात्कारको आरोपमा पक्राउ परेका पुरुष ४१ वर्षीय रहेको बारा प्रहरीले जानकारी दिएको छ ।

बालिकाको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us