एजेन्सी- दक्षिण कोरियाले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा ६ नेपालीलाई देश निकाला गरेको छ ।
निष्काशनमा पर्नेहरुमा लक्ष्मण महत, दिलु रानामगर, सुरज भट्टराई, वीरबहादुर मल्ल, आशिष थापा र विशाल मुकारुङ छन् ।
शुक्रबार र शनिबार गरी उनीहरुलाई नेपाल डिपोट गरिएको थियो । दक्षिण कोरिया सरकारले पछिल्लो समय गैरकानूनी विदेशी कामदारमाथि निगरानी बढाएको छ । डिपोट गरिएकाहरु
इपीएसमार्फत दक्षिण कोरिया गएर ओभरस्टे बसेकाहरु हुन् वा पर्यटक भिसामा गएर लुकेका थिए भन्ने खुलेको छैन ।