काठमाण्डु, ३ मंसिर– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारीको माग गरेको छ । जनस्वास्थ्य प्रयोगशालाले आज सोमबार एक सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्षको बाँकी अवधिका लागि मेडिकल माइक्रोबायोलोजिष्ट १ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट १ जना र ल्याब टेक्नेसियन ५ जना माग गरेको हो ।...
काठमाण्डु, ३ मंसिर– चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । चितवनको नारायणगढबाट आउँदै गरेको ग्यास बुलेटले केहीबेर अघि पैदलयात्री महिलालाई ठक्कर दिएको चितवन प्रहरीले जानकारी दिएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।...
काठमाण्डु, ३ मंसिर– कांग्रेसले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको सम्मानमा मंसिर ३ र ४ गते पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । आज (सोमबार) बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको कांग्रेसका एक नेताले जानकारी दिएका छन । बैठकले मंसिर ४...
काठमाण्डु, ३ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण बैठक स्थगित भएको नेकपा माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले जानकारी दिएका छन । आज आज बिहान ११ बजे बस्ने भनिएको...
काठमाण्डु, ३ मंसिर– पूर्व मन्त्री एवं एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल र चीनबिचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्ने बताएका छन । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा रहेका पोखरेलले आइतबार हुवई प्रदेश जनसरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै दुई देशका जनताको...
काठमाण्डु, ३ मंसिर– नेकपा एमोका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन । प्रधानमन्त्री ओलीले ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका हुन् । ढुंगानाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको छ । श्रद्धाञ्जलीका...
काठमाण्डु, ३ मंसिर– सहकारी ठगी प्रकरणमा मुछिएका कुमार रम्तेललाई काठमाण्डु ल्याइएको छ । जिल्ला प्रहरी प्रहरी भद्रकाली काठमाण्डुले बयानका लागि रम्तेललाई गत शनिबार पोखराबाट काठमाण्डु ल्याएको हो । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएपछि अनुसन्धानका लागि रम्तेललाई काठमाण्डु ल्याइएको...
काठमाण्डु, ३ मंसिर– दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचनमा राखिएको छ । सरकारी उच्च पदस्थ व्यक्तिहरू, राजनीतिक दलका नेतालगायत सानोगौचरन पुगेर श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी छ । श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा...
काठमाण्डू, ३ मंसिर- गुण्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् । काठमाण्डू प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले चेक बाउन्स मुद्दामा लामालाई पक्राउ गरिएको बताए । कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरिएको उनले जानकारी दिए । काभ्रे तेमालका लामालाई जिल्ला अदालत...
काठमाण्डु, ३ मंसिर– सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गेरको हो । सरकारले आज सार्वजनिक बिदा दिएको छ । बैठकले सरकारी कार्यालयहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको...
काठमाण्डु, ३ मंसिर– मुख्यसचिव डा बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचार मुद्धामा सफाई पाएपछि अर्यालले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरेका थिए । अर्यालले आइतबार नै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएका हुन् । मुख्यसचिवको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्छ । भ्रष्टाचार कसुरमा...
काठमाण्डु, ३ मंसिर– झाँक्री प्रकाश भुजेलले आफूले चलाएको गाडीको ठक्करबाट ज्यान गुमाएका दम्पतीका आश्रित परिवारलाई ५२ लाख क्षतिपूर्ति दिने भएका छन् । प्रहरी श्रोतका अनुसार जिल्ला प्रहरी परिसर काठमाण्डु र जनप्रतिनिधिको मध्यस्थतामा आइतबार भएको दुई पक्षबीचको वार्तामा उक्त सहमति भएको हो । मृतकका परिवारले...