काठमाण्डु, ३ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण बैठक स्थगित भएको नेकपा माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले जानकारी दिएका छन ।
आज आज बिहान ११ बजे बस्ने भनिएको बैठक अब मंगलबार मात्रै बस्ने सचिव शर्माले जानकारी दिएका छन । बैठकमा विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने उनले जानकारी दिएका छन ।