समाचार

ब्राउन सुगरसहित तीन जना पक्राउ

२०८१ मंसिर ३ गते ८:५७

दाङ, ३ मंसिर– दाङको तुलसीपुरबाट एक भारतीयसहित तीनजना लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत रुपैडियाका ३४ वर्षीय इरफान राई, तुलसीपुर– ६ का २८ वर्षीय मनोज सुनार र १९ वर्षीय रञ्जित बुढाथोकी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका...

भारतले आरजु राणालाई बोलाएर ओली सरकारप्रति विरोध छैन भनेको छः सरकारका प्रवक्ता

२०८१ मंसिर ३ गते ८:४९

काठमाण्डु, ३ मंसिर– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भारतले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएर वर्तमान सरकारप्रति आफूहरुको विरोध नभएको स्पष्ट गरेको बताएका छन् । केपी ओली प्रधानमन्त्री भएलगत्तै राणा उपचारका लागि भारत गएकी थिइन् । गुरुङले राणामार्फत वर्तमान सरकारबारे बुझेको...

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिँदै

२०८१ मंसिर ३ गते ८:३४

काठमाण्डु, ३ मंसिर– पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु त्यहाँ पुगेर ढुङ्गानाप्रति श्रद्धाञ्जली...

पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

२०८१ मंसिर ३ गते ८:२७

काठमाण्डु, ३ मंसिर– पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । त्यसका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको छ । मन्त्रिपरिषदले उनको राजकीय सम्मानसहित अनत्येष्टि गर्नेबारे निर्णय लिने भए मन्त्रीले जानकारी दिए । ढुंगानाको आइतबार निधन भएको थियो । सभामुख देवराज घिमिरेले उनको...

प्रहरीका तीन डाक्टर डीआईजी बढुवा सिफारिस

२०८१ मंसिर ३ गते ८:२०

काठमाण्डु, ३ मंसिर– नेपाल प्रहरीमा तीन जना प्राविधिक (चिकित्सकतर्फका) वरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । बढुवा समिति बैठकले एसएसपीहरु डा. दामोदर पौडेल, डा मनोजकुमार यादव र डा संजिता दाहाल घिमिरेलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा...

उपनिर्वाचनमा आफूविरुद्ध काँग्रेस–एमालेले गठबन्धन गरेपछि माओवादीले बोलायो पदाधिकारी बैठक

२०८१ मंसिर ३ गते ८:०६

काठमाण्डु, ३ मंसिर– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा अपराह्न १ बजे पदाधिकारी बैठक बस्न लागेको सो पार्टीले जनाएको छ । बैठकमा समसामयिक राजनीति, स्थानीय निर्वाचनको तयारी र अखिल क्रान्तिकारीको सम्मेलनबारे छलफल हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी...

एमाले सांसद तामाङले सहकारी ठगेर ४४ रोपनी जग्गा किनेको खुलासा

२०८१ मंसिर ३ गते ७:५८

काठमाण्डु, ३ मंसिर– एमाले बागमती प्रदेश सांसद् ज्ञानबहादुर तामाङ काठमाण्डुको सामाखुसीस्थित नेसनल नमोबुद्ध सहकारी ठगीमा मुछिएका छन् । सर्वसाधारण बचतकर्ताले तत्कालीन अध्यक्ष तामाङसहित सहकारीका पदाधिकारीविरुद्ध प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दिएका छन् । तर, राज्य शक्तिको आडमा तामाङमाथि कुनै छानबिन भएको छैन । उक्त...

पृथ्वी राजमार्ग दैनिक साढे चार घण्टा बन्द

२०८१ मंसिर ३ गते ७:३६

तनहुँ, ३ मंसिर– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड सोमबारदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द...

तेस्रो दल माओवादीविरुद्ध कांग्रेस-एमालेले गरे चुनावी तालमेल

२०८१ मंसिर २ गते २१:४५

रुकुम पूर्व, २ मंसिर-  रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र वडाध्यक्षका लागि १६ मंसिरमा हुने उपचुनावमा सरकारमा रहेका दुई प्रमुख घटका नेपाली कांग्रेस र एमालेले तालमेल गरेका छन् । कांग्रेस-एमालेले माओवादी केन्द्रविरुद्ध चुनावी तालमेल गरेका हुन् । एमाले कमिटी उपसचिव केशकुमारी तुलाचनले कांग्रेस चुनाव...

पाँच दिनसम्म केपी ओलीले पाँच मिनेट समय दिएनन्ः रास्वपा

२०८१ मंसिर २ गते १९:३०

काठमाण्डु, २ मंसिर-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच दिन प्रयास गर्दा पनी प्रधानमन्त्री केपी ओलीले पाँच मिनेट समय नदिएको भन्दै असन्तुष्टि जनाएको छ । आइतबार पार्टी कार्यालय बनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रवक्ता मनिष झाले प्रधानमन्त्री ओलीले पाँच मिनेट समय पनि नदिएको बताए । ओलीको...

बसको ठक्करबाट किशोरीको मृत्यु

२०८१ मंसिर २ गते १९:१८

काठमाण्डु, २ मंसिर-  सुनसरीको इटहरी उपमहानगरपालिका-१३ खनारमा बसको ठक्करबाट किशोरीको मृत्यु भएको छ । इटहरीबाट विराटनगर जाँदै गरेको मे१ख ४५७४ नम्बरको नागरिक यातायातको बसले ठक्कर दिँदा स्थानीय सम्झना यादवको मृत्यु भएको हो । प्रहरीका अनुसार उनी इटहरी-९ स्थित जनता माध्यमिक विद्यालयकी कक्षा ९ मा...

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

२०८१ मंसिर २ गते १८:३२

काठमाण्डु,२ मंसिर– प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा विशेष पदोन्नति भएका सहायक रथी टंक प्रसाद भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आज (आइतबार) जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us