ब्राउन सुगरसहित तीन जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते ८:५७ मा प्रकाशित

दाङ, ३ मंसिर– दाङको तुलसीपुरबाट एक भारतीयसहित तीनजना लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत रुपैडियाका ३४ वर्षीय इरफान राई, तुलसीपुर– ६ का २८ वर्षीय मनोज सुनार र १९ वर्षीय रञ्जित बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले इरफानको साथबाट ३ ग्राम ८१२ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको बताए ।

इरफानको बयानका आधारमा मनोज र रञ्जितलाई पनि पक्राउ गरिएको थापाले जानकारी दिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us