काठमाण्डु, ३ मंसिर– नेपाल प्रहरीमा तीन जना प्राविधिक (चिकित्सकतर्फका) वरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् ।
बढुवा समिति बैठकले एसएसपीहरु डा. दामोदर पौडेल, डा मनोजकुमार यादव र डा संजिता दाहाल घिमिरेलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भीमप्रसाद ढकालले आइतबार बसेको समिति बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको जानकारी दिए ।