काठमाण्डु,२ मंसिर– प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा विशेष पदोन्नति भएका सहायक रथी टंक प्रसाद भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
आज (आइतबार) जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।