काठमाण्डु, २ मंसिर- सुनसरीको इटहरी उपमहानगरपालिका-१३ खनारमा बसको ठक्करबाट किशोरीको मृत्यु भएको छ ।
इटहरीबाट विराटनगर जाँदै गरेको मे१ख ४५७४ नम्बरको नागरिक यातायातको बसले ठक्कर दिँदा स्थानीय सम्झना यादवको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनी इटहरी-९ स्थित जनता माध्यमिक विद्यालयकी कक्षा ९ मा अध्यनरत थिइन् । घटनापछि आक्रोशित स्थानीयले बसमा आगो लगाइदिएका छन् ।
दुर्घटना गराएर भागेको बसलाई आक्रोशित स्थानीयले ५ सय मिटर पर रोकेर आगो लगाएका हुन् ।
आगजनीबाट जलेर बस पूर्णरूपले ध्वस्त भएको प्रहरीले जनाएको छ । चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।