पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रिय शोक,आज सार्वजनिक बिदा

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते ९:३२ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक घोषणा गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गेरको हो ।
सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

बैठकले सरकारी कार्यालयहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

ढुंगानाको ८३ वर्षको उमेरमा उपचारका क्रममा आइतबार निधन भएको थियो । ढुंगानाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

अन्त्येष्टिअघि ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us