पूर्वसभामुख ढुंगानालाई सानोगौचरनमा श्रद्धाञ्जली अर्पण

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते १२:२८ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचनमा राखिएको छ । सरकारी उच्च पदस्थ व्यक्तिहरू, राजनीतिक दलका नेतालगायत सानोगौचरन पुगेर श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी छ ।

श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका विशिष्ट व्यक्तित्व समेत सहभागी भएका छन् ।

श्रद्धाञ्जलीपछि ढुंगानाको आजै राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us