नवलपरासीबाट काठमाण्डु आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

काठमाण्डु टुडे २०८१ मंसिर ४ गते ७:२१ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– नवलपरासीबाट काठमाण्डुतर्फ आउँदै गरेको लु२ ख२५० नम्बरको ट्रक त्रिशूलीमा खसेको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० खयरघारीबाट बिहान करिब ६ बजेतिर ट्रक त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।

धादिङ प्रहरीका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले दुर्घटनास्थलबाट ट्रक धनी चितवनको खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङ, चालक नवलपरासीका २७ वर्षीय आशिष महतो र सह–चालक २६ वर्षीय राजु थापामगरलाई उद्धार गरिएको बताए ।

उनीहरुको मझिमटारस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । ट्रक अनियन्त्रित भएर नदीमा खसेको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us