सहकारी ठगी प्रकरणः कुमार रम्तेललाई पोखरा पठाइयो

काठमाण्डु टुडे २०८१ मंसिर ४ गते १६:१४ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएर पक्राउ परेका कुमार रम्तेललाई पोखरा फिर्ता गरिएको छ ।

शनिबार काठमाण्डु ल्याइएका रम्तेको बयान सकेर सोमबार साँझ पोखरा फिर्ता गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एक जना उच्च अधिकृतले जानकारी दिएका छन ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका एक अधिकृतका अनुसार रम्तेललाई सोमबार साँझ प्लेनमार्फत पोखरा पठाइएको हो ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि कास्की कारागारमा रहेका रम्तेललाई झिकाएर प्रहरीले बयान गराएको हो ।

रम्तेल गत २५ भदौमा पक्राउ परेका थिए । पोखराको सूर्यदर्शन सहकारी संस्थाका उनी कोषाध्यक्ष समेत हुन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी पुर्पक्षका लागि कारागार चलान समेत भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us