काठमाण्डु, ४ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा जारी छ ।
विधान हेरफेर, उपनिर्वाचनको तयारी लगायत विषयमा छलफल गर्न बैठक बसेको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन ।
आजको ०८० मा सम्पन्न विधान अधिवेशनले पारित गरेको केही बुँदामा हेरफेर, स्थानीय तह उपनिर्वाचनको तयारी लगायत विषयमा निर्णय लिन बैठक बोलाइएको मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन ।
यसअघि कात्तिक २६ गते बसेको बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको थियो ।