समाचार

जर्जिया पठाइदिने भन्दै १२ लाख ठगेको आरोपमा एक जना पक्राउ

२०८१ मंसिर २७ गते १७:३४

काठमाण्डु, २७ मंसिर– प्रहरीले आकर्षक तलबमा जर्जिया पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–१ का ३६ वर्षीय सुदीप घिमिरे रहेको प्रहरीले जानकारी दिएको छ । उनी काठमाण्डुको गल्कोपाखाबाट बुधबार पक्राउ गरीएको प्रहरीले जनाएको छ...

धरौटी बुझाउनासाथ फेरि पक्राउ परे दुर्गा प्रसाईं

२०८१ मंसिर २७ गते १७:३०

काठमाण्डु, २७ मंसिर– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ परेका छन । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो । आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका...

हामी कुनैबेला चिप्लियौं, त्यतिबेला माओवादी भन्न पनि अप्ठेरो भयो: अध्यक्ष प्रचण्ड

२०८१ मंसिर २७ गते १६:४४

काठमाण्डु, २७ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियापछि केही कमजोरी भएको स्वीकार गरेका छन । आज बिहिबार चितवनको भरतपुरमा नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधरणसभा उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले ०६४...

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

२०८१ मंसिर २७ गते १६:२८

काठमाण्डु, २७ मंसिर– जिल्ला अदालत काठमाण्डुले विवादस्पंद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । आज बिहिबार जिल्ला अदालत काठमाण्डुका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी...

डीन र क्याम्पस प्रमुखको नियुक्ति पुस ७ गतेभित्र गरिसक्न प्रधानमन्त्रीको निर्देशन

२०८१ मंसिर २७ गते १५:५०

काठमाण्डु, २७ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा सिफारिस भइसकेका डीन र क्याम्पस प्रमुखको नियुक्ति पुस ७ गतेभित्र गरिसक्न निर्देशन दिएका छन । आज (बिहिबार) बसेको सिनेट बैठकमा सिनेट सदस्यले सिफारिस भइसकेका डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति नभएको भन्ने...

त्रिविको सभाबाट प्रधानमन्त्री ओली निस्कँदा कर्मचारीको नाराबाजी

२०८१ मंसिर २७ गते १५:४१

काठमाण्डु, २७ मंसिर– आज बिहिबार त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरूले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सभाबाट बाहिरीने क्रममा नाराबाजी गरेका छन् । बिहीबार त्रिविको सभा (सिनेट) मा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन पुगेका थिए । उनी सभाबाट बाहिरिने क्रममा...

त्रिभुवन विश्वविद्यालयमा साँच्चैको मेरिटोक्रेसी लागू हुनुपर्छः प्रधानमन्त्री ओली

२०८१ मंसिर २७ गते १५:३४

काठमाण्डु, २७ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले साना कुरामा नअल्झिएर विश्वविद्यालयलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन । आज (बिहीबार) त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीले मेरिटोक्रेसीमा प्रश्न उठ्न नहुने बताएका छन । उनले उपकुलपतिले नै...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट

२०८१ मंसिर २७ गते १५:२०

काठमाण्डु, २७ मंसिर– ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस...

रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

२०८१ मंसिर २७ गते १४:५३

काठमाण्डु, २७ मंसिर– जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने लाइ थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । आज बिहिबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई...

जुवातास खेलेको आरोपमा १५ जना पक्राउ

२०८१ मंसिर २७ गते १४:१९

काठमाण्डु, २७ मंसिर– प्रहरीले काठमाण्डु र ललितपुरबाट जुवातास खेलेको आरोपमा १५ जना पक्राउ गरेको छ । काठमाण्डुको टोखा नगरपालिका–१० गोंगबु गणेशस्थान बस्ने ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा युवराज सहित ७ जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । प्रहरी वृत्त महाराजगंजबाट...

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

२०८१ मंसिर २७ गते १४:१४

काठमाण्डु, २७ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आज बिहिबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बैठक स्थगित गरीएको उपमहासचिव गिरिराजमणी पोखरेल जानकारी दिएका छन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका...

रविलाई ९ दिन हिरासत म्याद थप गर्न माग

२०८१ मंसिर २७ गते १४:०८

काठमाण्डु, २७ मंसिर– जिल्ला अदालत कास्कीका सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभपाति रवि लामिछानेको म्याद थपका लागि बहस भइरहेको छ । प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गर्दै बिहीबार अदालत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us