त्रिविको सभाबाट प्रधानमन्त्री ओली निस्कँदा कर्मचारीको नाराबाजी

काठमाण्डु टुडे २०८१ मंसिर २७ गते १५:४१ मा प्रकाशित

काठमाण्डु, २७ मंसिर– आज बिहिबार त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरूले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सभाबाट बाहिरीने क्रममा नाराबाजी गरेका छन् ।

बिहीबार त्रिविको सभा (सिनेट) मा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन पुगेका थिए । उनी सभाबाट बाहिरिने क्रममा कर्मचारीहरूले नाराबाजी गरेका हुन् ।

कर्मचारीहरूले सेवा सुविधाको माग राखेर नाराबाजी गरेका हुन् । बिहानैदेखि कर्मचारीहरू सभास्थल अगाडि पुगेर बसेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us