माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाण्डु टुडे २०८१ मंसिर २७ गते १४:१४ मा प्रकाशित

काठमाण्डु, २७ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आज बिहिबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बैठक स्थगित गरीएको उपमहासचिव गिरिराजमणी पोखरेल जानकारी दिएका छन ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले बैठक स्थगित गरीएको उपमहासचिव पोखरेलले जानकारी दिएका छन । उनले भने, ‘आजको स्थायी समिति बैठक स्थगित भएको छ,’ उनले भने, ‘भोलि बिहान ११ बजे बैठक बस्छ ।’ नेताहरूका अनुसार बैठकबाट सरकारले संविधान संशोधनको प्रयास अगाडि बणउन खोजेकाले त्यसबारे पार्टीको धारणा तय हुनेछ ।

पुस ४ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकको तयारी र एजेण्डाहरूका विषयमा पनि स्थायी समिति बैठकमा छलफल हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us