काठमाण्डु, २७ मंसिर– प्रहरीले आकर्षक तलबमा जर्जिया पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–१ का ३६ वर्षीय सुदीप घिमिरे रहेको प्रहरीले जानकारी दिएको छ ।
उनी काठमाण्डुको गल्कोपाखाबाट बुधबार पक्राउ गरीएको प्रहरीले जनाएको छ । जर्जिया पठाइदिने भन्दै घिमिरेले दुई जनासँग १२ लाख १० हजार रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।