त्रिभुवन विश्वविद्यालयमा साँच्चैको मेरिटोक्रेसी लागू हुनुपर्छः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ मंसिर २७ गते १५:३४ मा प्रकाशित

काठमाण्डु, २७ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले साना कुरामा नअल्झिएर विश्वविद्यालयलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन ।

आज (बिहीबार) त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीले मेरिटोक्रेसीमा प्रश्न उठ्न नहुने बताएका छन । उनले उपकुलपतिले नै विश्वविद्यालय चलाउने भन्दै आफूले हस्तक्षेप गरेको भनेर भएका प्रचारमा कुनै सत्यता नरहेको पनि बताएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘उपकुलपतिलाई लागेको गर्न पाए हुन्थ्यो भनेर लागेको कुरा गर्नुचाहिँ विश्वविद्यालयको स्वायत्तता होइन, ‘त्यसो भएकाले हामी साना कुरामा नअल्झिएर विश्वविद्यालयलाई प्रभावकारी र सुदृढ बनाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले हिजो मात्रै प्रधानमन्त्रीका कारण विलम्ब भयो भनेर अखबारमा छापिएको भन्दै निष्पक्ष र मेरिटोक्रेसीमा प्रश्न नउठ्ने गरी काम गर्न आफूले भनेको पनि बताएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘मेरिटोक्रेसीमा प्रश्न नउठोस्, निष्पक्ष ढङ्गले काम होस् । मैले जहिले भन्ने त्यही हो’, प्रधानमन्त्रीले चलाउने कसरी भन्ने ख्याल गर्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us