जुवातास खेलेको आरोपमा १५ जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर २७ गते १४:१९ मा प्रकाशित

काठमाण्डु, २७ मंसिर– प्रहरीले काठमाण्डु र ललितपुरबाट जुवातास खेलेको आरोपमा १५ जना पक्राउ गरेको छ । काठमाण्डुको टोखा नगरपालिका–१० गोंगबु गणेशस्थान बस्ने ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा युवराज सहित ७ जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ५ सय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । त्यस्तै ललितपुर महानगरपालिका–१४ तिखिदेवल बस्ने चमन सिंह घलेको घरमा जुवातास खेलिरहेको अवस्थामा धादिङ घर भई काठमाण्डुको टोखा बस्ने ३६ वर्षीय लोर बहादुर गुरूङ समेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २४ हजार ६ सय ७५ रूपैयाँ र १३ बुक तास सहित पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us