समाचार

९२ लाख नगदसहित बौद्ध जोरपाटीबाट तीन जना पक्राउ

२०८१ पुष १० गते १५:२५

काठमाण्डु, १० पुस– काठमाण्डुबाट प्रहरीले ९२ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले ९२ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको हो । अहिले पक्राउ परेकालाई नियन्त्रणमा राखेर अनुसन्धान अघि बढाइएको छ अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले...

काठमाण्डु उपत्यकामा क्रिसमसको रौनक

२०८१ पुष १० गते १५:२०

काठमाण्डु, १० पुस– आज बुधबार इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिन ‘क्रिसमस डे’नेपालमा पनि मनाइएको छ । काठमाण्डु उपत्यकामा इसाइ धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि क्रिसमस डे मा आपसमा खुशियाली साटासाट गरेर मनाएका छन । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा पर्ने क्रिसमसमा...

सरकार संसदबाट तर्किएर हिंडिरहेको छः सभामुख घिमिरे

२०८१ पुष १० गते १४:४६

काठमाण्डु, १० पुस– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकार संसदबाट तर्किएको बताएका छन । सभामुख घिमिरेले संसद सरकार जन्माउने आमा भएको उल्लेख गर्दै जन्माएको आमाबाट सरकार टाढा हुने, तर्सिने, तर्किने कार्य गरेको बताएका छन । आज (बुधबार) एक कार्यक्रमम बोल्ने क्रममा सभामुख घिमिरेले यस्तो...

केन्द्रीय कमिटी बैठकबारे निर्णय लिँदै एमाले

२०८१ पुष १० गते १४:२३

काठमाण्डु, १० पुस– सत्ता घटक दल एमालेले केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । आगामी पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरीएको एमालेका एक नेताले जानकारी दिएका छन । ति नेताले भने, ‘२१ र २२ गते केन्द्रीय कमिटी राख्ने...

एमाले सचिवालय बैठक जारी

२०८१ पुष १० गते १४:१९

काठमाण्डु, १० पुस– सत्ता घटक दल एमालेको सचिवालय बैठक जारी छ । बैठक एमाले मुख्यालय च्यासलमा केहिबेर अधि मात्रै सुरु भएका एक नेताले जानकारी दिएका छन । बिहान ११ बजे बस्ने भनिएको बैठक भर्खरै सुरु भएको ति नेताले जानकारी दिएका छन । एमाले अध्यक्ष...

सहकारी ठगीमा संलग्न व्यक्ति जुनसुकै दलको भएपनि छानबिन हुन्छः सञ्चारमन्त्री गुरुङ

२०८१ पुष १० गते १३:५८

काठमाण्डु, १० पुस– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन । आज (बुधबार) राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन । मन्त्री गुरुङले सहकारी ठगीमा संलग्न व्यक्ति जुनसुकै दलको...

मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

२०८१ पुष १० गते १३:२२

काठमाण्डु, १० पुस– प्रहरीले मोरङको कटहरी गाउँपालिका९२ मा अचेत अवस्थामा फेला परेकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना भारतीय नागरिक पनि रहेको मोरङ प्रहरीले जानकारी दिएको छ । मंगलबार मोरङको जहदा गाउँपालिका–३ की २३ वर्षीय...

संसदमा पनि कांग्रेस–एमालेको संयुक्त कार्यदल गठन

२०८१ पुष १० गते १३:१२

काठमाण्डु, १० पुस– सत्ताका प्रमुख घटक दल कांग्रेस र एमालेले संसदमा पनि संयुक्त कार्यदल गठन गरेका छन् । संसदको सञ्चालन र त्यहाँ छलफल गरिने विजनेसबारे सहजीकरण गर्नेगरी संयुक्त कार्यदल गठन गरीएको एमाले सचिव एवं संसदीय मामिला विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिएका छन ।...

ललितपुर हत्या प्रकरणः पक्राउ परेका एक जना रिहा, २ जनामाथि अनुसन्धान जारी

२०८१ पुष १० गते १३:०६

काठमाण्डु, १० पुस– हिजो मंगलबार ललितपुरमा च्यासलमा एक युवकमाथि चच्कु प्रहार गरी हत्या गरेको प्रकरणमा पक्राउ परेका मध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ । सुनसरीको इटहरी घर भइ सातदोबाटो बस्दै आएका २३ वर्षीय नयन गुरुङको हत्या आरोपमा पक्राउ परेकामध्ये दार्चुलाका ४१ वर्षीय पदमलाल...

सबै दलसँग छलफल गरेर संविधान संशोधन प्रक्रिया अघि बढाउँछौंः उपप्रधानमन्त्री सिंह

२०८१ पुष १० गते १२:५७

काठमाण्डु, १० पुस– उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन । संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदल बनिसकेको र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको पनि उनले जानकारी दिएका छन । बुधबार रूपन्देहीमा सञ्चारकर्मीहरूसँग...

कैलालीमा बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने ४ जना पक्राउ

२०८१ पुष १० गते १२:३९

काठमाण्डु, १० पुस– प्रहरीले कैलालीमा कथित बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई पक्राउ गरेको छ । कौलालीको भजनी नगरपालिका–१ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गर्ने गुरुवासहितका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कौलालीले जानकारी दिएको छ ।...

दुई दलीय संयन्त्रको कार्यदलको बैठक जारी

२०८१ पुष ९ गते १७:५५

काठमाण्डु, ९ पुस– सत्ता गठबन्धन दलको गठबन्धन सरकारको सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन गठित दुई दलीय संयन्त्रको कार्यदलको बैठक जारी रहेको छ । बैठक आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको स्रोतले जानकारी दिएको छ । बैठकमा सत्ता गठबन्धन निर्माण हुँदा भएको संविधान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us