काठमाण्डु, ९ पुस– सत्ता गठबन्धन दलको गठबन्धन सरकारको सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन गठित दुई दलीय संयन्त्रको कार्यदलको बैठक जारी रहेको छ ।
बैठक आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको स्रोतले जानकारी दिएको छ । बैठकमा सत्ता गठबन्धन निर्माण हुँदा भएको संविधान संशोधन लगायतका विषयको कार्यान्वयन कसरी अघि बढाउने लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
कार्यदलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहेका छन ।