समाचार

एमाले सचिवालयले केन्द्रीय कमिटीका एजेन्डा तय गर्ने

२०८१ पुष ९ गते १४:११

काठमाण्डु, ९ पुस– सत्ता घटक दल एमालेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने भएको छ । पुस २० र २१ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन ।...

रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित

२०८१ पुष ९ गते १४:०४

काठमाण्डु, ९ पुस– सहरकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बन भएका छन । सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएपछि संघीय संसद...

एकीकृत समाजवादीको गण्डकी प्रदेशको अधिवेशन १९ पुसदेखि

२०८१ पुष ९ गते १३:२४

काठमाण्डु, ९ पुस– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पुस १९ र २० गते पोखरामा हुने भएको छ । अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिएका छन । अधिवेशनलाई...

आँबुखैरेनी इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०८१ पुष ९ गते १३:१३

काठमाण्डु, ९ पुस– तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा मंगलबार बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी दिएको छ...

बुवा र भाइको हत्या ‘मैँले गरेको हुँ’ भन्दै जेठो छोराले गरे आत्मसमर्पण

२०८१ पुष ९ गते १३:०२

काठमाण्डु, ९ पुस– हिजो सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले जेठा छोरालाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । उनलाई महाराजगञ्जबाट...

आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

२०८१ पुष ९ गते १२:५४

काठमाण्डु, ९ पुस– प्रहरीले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका–३ घर भई काठमाण्डु गोकर्णेश्वर नगरपालिका–८ बस्ने ५३ वर्षीय यादबहादुर बुर्जा मगर रहेका छन् । मगरले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितसँग...

भक्तपुर बाबुछोरा हत्या प्रकरणः जेठा छोरा प्रहरी नियन्त्रणमा

२०८१ पुष ९ गते १२:४८

काठमाण्डु, ९ पुस– हिजो सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले जेठा छोरालाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । उनलाई महाराजगञ्जबाट...

ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ

२०८१ पुष ९ गते १२:४०

काठमाण्डु, ९ पुस– प्रहरीले ललितपुरमा एक किशोरको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । सोमबार राति च्यासलस्थित द टाउन क्याफेमा सुनसरी घर भएका २३ वर्षीय नयन गुरुङको हत्या भएको थियो । चक्कु प्रहारबाट उनको हत्या भएको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी...

रविको मुद्दामा न्यायिक प्रक्रियालाई सघाउने रास्वपाको निर्णय

२०८१ पुष ८ गते १८:३०

काठमाण्डु, ८ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा अदालतको न्यायिक प्रक्रियालाई सघाएर अघि बढ्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको रास्वपाका...

माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा

२०८१ पुष ८ गते १७:५८

काठमाण्डु, ८ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजानिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ । आज (सोमबार) सिंहदरबारमा बसेको लेखा समिति सभापतिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका हुन् । सहकारीमा परिवार जोडिएको र...

लेखा समिति सभापति पोखरेलको बचाउमा उत्रिए एमाले सांसद बास्कोटा

२०८१ पुष ८ गते १७:४८

काठमाण्डु, ८ पुस– पूर्वमन्त्री एवं एमाले सांसद गोकुल बास्कोटाले सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको बचाउमा उत्रिएका छन् । आज सोमबार बसेको समितिको बैठकमा बोल्दै उनले परिवार सहकारीमा जोडियो भन्दैमा पोखरेलमाथि नै हमला गर्न नहुने बताए । सांसद बास्कोटाले भने, उहाँको परिवारको नाम आयो...

डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति

२०८१ पुष ८ गते १७:४०

काठमाण्डु, ८ पुस– डीपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवहाक सभापति बनेका छन् । आज सोमबार जुममार्फत बसेको सचिवालय बैठकले उनलाई कार्यवाहक सभापति जिम्मेवारी दिएको कार्यवहाक प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । संसदीय दलको नेता भने तोकिएको छैन । अहिले उपनेता विराजभक्त श्रेष्ठकै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us