आँबुखैरेनी इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ पुष ९ गते १३:१३ मा प्रकाशित

काठमाण्डु, ९ पुस– तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा मंगलबार बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी दिएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा-प्र ०१–००१ य १६५९ नम्बरको स्करपियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिएका छन ।

ठक्कर पश्चात् स्करपियो सडकमै रहेको र ट्रक पुलकोबीच भागबाट खसेर दुर्घटनाग्रस्त भएको थियो । स्करपियोमा सवार चार जना सकुशल रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले तानिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us