९२ लाख नगदसहित बौद्ध जोरपाटीबाट तीन जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष १० गते १५:२५ मा प्रकाशित

काठमाण्डु, १० पुस– काठमाण्डुबाट प्रहरीले ९२ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले ९२ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको हो ।

अहिले पक्राउ परेकालाई नियन्त्रणमा राखेर अनुसन्धान अघि बढाइएको छ अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन ।

उनीहरू काठमाण्डुको बौद्ध जोरपाटी क्षेत्रबाट पक्राउ परेका हुन् । उक्त पैसा लिएर उनीहरू कहाँ जाँदै थिए भन्ने नखुलेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us