काठमाण्डु, १० पुस– सत्ता घटक दल एमालेले केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । आगामी पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरीएको एमालेका एक नेताले जानकारी दिएका छन ।
ति नेताले भने, ‘२१ र २२ गते केन्द्रीय कमिटी राख्ने निर्णय आजको सचिवालय बैठकबाट हुन्छ ।’ मुख्यालय च्यासलमा बसिरहेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने ति नेताले जानकारी दिएका छन ।