सरकार संसदबाट तर्किएर हिंडिरहेको छः सभामुख घिमिरे

काठमाण्डु टुडे २०८१ पुष १० गते १४:४६ मा प्रकाशित

काठमाण्डु, १० पुस– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकार संसदबाट तर्किएको बताएका छन । सभामुख घिमिरेले संसद सरकार जन्माउने आमा भएको उल्लेख गर्दै जन्माएको आमाबाट सरकार टाढा हुने, तर्सिने, तर्किने कार्य गरेको बताएका छन ।

आज (बुधबार) एक कार्यक्रमम बोल्ने क्रममा सभामुख घिमिरेले यस्तो बताएका हुन । उनले भने, ‘संसद सरकार जन्माउने आमा हुन् । तर, आफूले जन्माएको सरकार आमाबाट टाढा हुने, त्यसलाई बाधा बन्ने, तर्सिने, तर्किने आदि जे गरेर हिडिंरहेको छ ।

यो बेठीक छ ।’ संसदप्रति सरकार पूर्ण रुपमा जवाफदेही हुनुपर्ने घिमिरेले बताए । सरकारलाई अप्ठ्यारो नपरेसम्म संसदमा नआउने गरेको सभामुख घिमिरेले बताए । कानुनमा अप्ठ्यारो पर्यो भने मात्रै संसदमा सरकार आउने प्रवृत्ति रहेको पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us