काठमाण्डू, २४ चैत– आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ । सरकारले आफ्ना अध्यक्षमाथि प्रतिशोध साँधेको बताउँदै आजको बैठकमा एमाले सांसद गंगादेवी श्रेष्ठले तत्काल छोड्न माग गरेकी हुन् । उनले भनिन्, ‘हाम्रो पार्टी...
काठमाण्डू, २४ चैत– सरकारले पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्यालाई मध्यनजर गर्दै आवश्यक परेको खण्डमा जोर बिजोर प्रणाली लागू हुने बताएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ऊर्जा बचत गर्न सरकारले आह्वान गरेको...
काठमाण्डू, २४ चैत– प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले बुधबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आज (मंगलबार) बसेको बैठकमा शून्य समय र राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त चलचित्र विधेयक प्रस्तुत भएको थियो।...
काठमाण्डू, २४ चैत– महोत्तरीमा दुई मोटरसाइकल आपसमा ठोकिँदा आगलागी भई तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ । उक्त दुर्घटनामा थप तीन जना विद्यार्थी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जानकारी दिएको छ । मृतक तथा घाइतेको हालसम्म पहिचान खुल्न नसकेको महोत्तरीका प्रहरी...
काठमाण्डू, २४ चैत– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिएकी छन । डा. भट्ट यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका थिए...
काठमाण्डू, २४ चैत– ललितपुर महानगरपालिका–१४ थसिखेलमा आज मध्याह्न भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो । मत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी घर भई हाल ललितपुरको सानेपा...
काठमाण्डू, २४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अच्युतम लामिछानेले बाँदर नियन्त्रणका लागि बन्ध्याकरण आवश्यक रहेको र त्यसका लागि बजेट विनियोजन गर्न माग गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै रास्वपा सांसद लामिछानेले यस्तो माग गरेका हुन । उनले...
काठमाण्डू, २४ चैत– एमालेमा नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका नेताहरूलाई कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले छलफल गर्न एमालेको मुख्यालय च्यासलमा बोलाएका छन् । आज (मंगलबार) दिउँसो ३ बजे नेता थापाले पार्टी कार्यालय च्यासलमा बोलाएको अनेरास्ववियुका उपमहासचिव कमल जोशीले जानकारी...
काठमाण्डू, २४ चैत– राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा समान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिएकी छन ।...
काठमाण्डू, २४ चैत– राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो । संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार, अर्थ मन्त्रालयले...
काठमाण्डू, २४ चैत– संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ । यसअघि तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं नम्बरमा पुगेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत रहेको छ । नयाँ मर्यादा अनुसार तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् । चौथौमा...
काठमाण्डू, २४ चैत– नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ । आयोगका...