समाचार

मुलुकको अर्थतन्त्र समस्याग्रस्त छैनः अर्थमन्त्री पौडेल

२०८२ वैशाख २ गते १३:०९

काठमाण्डू, २ वैशाख– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको दाबी गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर ‘अर्थतन्त्र समस्याग्रस्त भएको’ भन्दै अर्थमन्त्री पौडेललाई सोधेकी थिइन् । अर्थमन्त्री पौडेलले सांसद गौतमलाई संसद सचिवालय मार्फत पठाएको...

पाँचखालका इँटाभट्टा बन्द बन्द गर्न सर्वोच्चको आदेश

२०८२ वैशाख २ गते १२:५३

काठमाण्डू, २ वैशाख– काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालित इँटाभट्टाहरू बन्द गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको भन्दै स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले परमादेश जारी गरेको हो ।...

सशस्त्र एआईजी गौतम आजदेखि अवकाशमा जाँदै

२०८२ वैशाख २ गते १२:४४

काठमाण्डू, २ वैशाख– आज (मंगलबार) रातिदेखि सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश (सीपी) गौतम अनिवार्य अवकाशमा जाँदैछन् । सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी मंगलबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जान लागेका हुन् । अवकाशमा जान लागेका गौतमको...

त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु

२०८२ वैशाख २ गते १२:२२

काठमाण्डू, २ वैशाख– आज (मंगलबार) देखि त्रिभुवन विश्वविद्यालय ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ । आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन । अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु...

कोशीदेखि कर्णालीसम्म मौसम बदली, केही ठाउँमा चट्याङसहित वर्षा

२०८२ वैशाख २ गते ८:१३

काठमाण्डू, २ वैशाख– देशभर हाल पश्चिमी वायु र स्थानीय वायुले प्रभाव पारिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम प्रायः...

जाजरकोटको पैंक केन्द्रबिन्दु बनाएर पटकपटक भूकम्प

२०८२ वैशाख २ गते ८:०३

जाजरकोट, २ वैशाख– मंगलबार बिहान जाजरकोटमा भूकम्प गएको छ । जाजरकोटको कुशे गाउँपालिकाको पैंक केन्दबिन्दु भएर बिहान ४ बजेर ५३ मिनेटमा ४।४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यसअघि सोमबार राति ९ बजेर ३१ मिनेटमा...

शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु, ३ जना पक्राउ

२०८२ वैशाख १ गते १७:३५

काठमाण्डू, १ वैशाख– जंगली जनावरको शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ भने प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुद्धभूमि नगरपालिका–९ गब्दहवा बस्ने ३४ वर्षीय रामबहादुर थारू, सोही ठाउँका ३६ वर्षीय कालु भनिने राम थारू र प्रवेश थारू...

पार्टी स्थापना दिवसमा कम्युनिस्ट योद्धालाई सम्मान गर्ने एमाले निर्णय

२०८२ वैशाख १ गते १७:२९

काठमाण्डू, १ वैशाख– सत्ता घटक दल एमालेले कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको छ । आज (सोमबार) एमाले मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसका अवसरमा लालबहादुर विश्वकर्मासहित ७ जनालाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय...

त्रिविमा परीक्षा सकिएकै दिन नतिजा

२०८२ वैशाख १ गते १७:२४

काठमाण्डू, १ वैशाख– त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन उत्तरपुस्तिका परीक्षण गरेर नतिजा सार्वजनिक भएको छ । चौथो सेमेस्टरको परीक्षा आइतबार सकिए लगत्तै परीक्षण गरेर नजिता सार्वजनिक गरिएको विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शंकरप्रसाद खनालले जानकारी दिएका छन । उनले भने, ‘हिजै...

बिसु पर्वमा एक अर्कालाई सिस्नो लगाए एमाले नेताहरूले

२०८२ वैशाख १ गते १७:१५

काठमाण्डू, १ वैशाख– आज (सोमबार) नयाँ वर्ष ०८२ को पहिलो दिनको अवसर पारेर एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा बस्दा उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले एउटा रमाइलो प्रसंग निकाले । बितेका वर्षमा भएका मनोमालिन्य तथा विवाद यहीं बिर्संदै सम्बन्धमा न्यानोपन सुरु गरौं भन्ने सुदूरपश्चिमको...

ओलीसँग सरकारमा रहेको भन्दै देउवाले दिएनन् प्रचण्डलाई भेट्न समय

२०८२ वैशाख १ गते १६:१३

काठमाण्डू, १ वैशाख– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्षमा नयाँ सरकार बन्ने अभिव्यक्ति दिए। दाहालको उक्त अभिव्यक्तिले अहिले राष्ट्रिय राजनीतिमा एक खाले हलचल मचाईरहेको छ । तर, त्यो हल्ला मात्रै भएको कांग्रेस नेताहरू बताउँछन् । सभापति शेरबहादुर देउवा...

भेटेर संवाद गर्ने दाहालको प्रस्तावमा देउवाले भनेः तपाईंसँग हुँदा ओलीसँग भेटिनँ, अहिले ओलीसँग छु, तपाईंसँग भेट्दिनँ

२०८२ वैशाख १ गते १६:०४

काठमाण्डू, १ वैशाख– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्षमा नयाँ सरकार बन्ने अभिव्यक्ति दिए। दाहालको उक्त अभिव्यक्तिले अहिले राष्ट्रिय राजनीतिमा एक खाले हलचल मचाईरहेको छ । तर, त्यो हल्ला मात्रै भएको कांग्रेस नेताहरू बताउँछन् । सभापति शेरबहादुर देउवा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us