काठमाण्डू, २६ चैत– श्रम संस्कृति पार्टीले उपसभामुख पदको मनोनयन दर्ता फारम लगेको छ । सिंहदरवारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हल (काठघर नम्बर २) मा उम्मेदवारी दर्ताको कार्यालय स्थापना गरिएको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय छ ।...
काठमाण्डू, २६ चैत– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले उपसभामुखका लागि निर्वाचन हुने बताएका छन । ‘उपसभामुखको चुनाव हुनेछ । छलफल गर्नुस्, बार्गेनिङ होइन’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको...
काठमाण्डू, २६ चैत– एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी छ । सोमबारका लागि शल्यक्रियाको योजना रहेको । उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन । ‘अहिले स्वास्थ्य अवस्था स्थिर छ । हामीले शल्यक्रियाको तयारी सोमबारलाई योजना बनाएका छौं,’ ती...
काठमाण्डू, २६ चैत– कांग्रेस र एमाले उपसभामुख पदमा उम्मेदवारी दिने कि नदिने भनेर छलफलमा जुटेका छन । प्रतिपक्षमा रहेका दलहरूसँग संवाद जारी रहेको एमालेका सांसद गुरुप्रसाद बरालले जानकारी दिए । ‘उपसभामुख प्रतिपक्षको अधिकारको विषय पनि हो । यसकारण हामी प्रतिपक्षमा रहेका दलहरूसाग संवादमा छौं’,...
काठमाण्डू, २६ चैत– एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले संसदमा दिएको अभिव्यक्तिका कारण आन्तरिक विवाद साम्य नभइरहेका बेला एमाले उपमहासचिव योगेश भट्टराईले व्यंग्यात्मक शैलीमा कविता लेखेका छन । कवितामा ‘बादल’, ‘जबज’ र ‘मदन’ शब्द समेत समेटेर उनले ‘हेरेको हेर्यै’ भएको टिप्पणी गरेका छन् ।...
काठमाण्डू, २६ चैत– प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि रिहा गरेको छ । हिरासतमा रहेका लेखकलाई स्वास्थ्य परीक्षणपश्चात छाडिएको एसपी पवन भट्टराईले जानकारी दिएका छन । उनीसँगै पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमै प्रहरीले परिवारको जिम्मामा छाडिसकेको छ ।...
काठमाण्डू, २६ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिएका छन । बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ...
काठमाण्डू, २६ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन कुमार भट्टराईले जानकारी दिएका छन । बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ...
काठमाण्डू, २५ चैत- पूर्वप्रधानमन्त्री एवं कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे भ्रामक र झुठा प्रचारबाजी भएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार साँझ देउवाले भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अवधारणा ल्याउने व्यक्ति आफू भएको उल्लेख गरेका छन् ।...
काठमाण्डू, २५ चैत–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लीमा अधिकारीले बन्द उद्योग सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभा बैठकमा बुधबार उनले गोरखाली रबर उद्योग, बुटवल धागो कारखानालगायत बन्द र जीर्ण अवस्थाका उद्योग सञ्चालनमा ल्याउन सरकारलाई भनेकी हुन् । सरकारले हालै बन्द उद्योग सञ्चालनमा...
काठमाण्डू, २५ चैत– कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा प्रतिनिधि पठाउनुअघि कार्यदलको कार्यक्षेत्र, विधि र उद्देश्यबारे स्पष्टता आवश्यक रहेको बताएको छ । पार्टीले आज (बुधबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र पठाउँदै यस्तो धारणा सार्वजनिक गरेको हो । सरकारले कांग्रेसलाई मन्त्रिपरिषद्को निर्णयअनुसार संविधान संशोधन...
काठमाण्डू, २५ चैत– एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले पार्टीभित्रको अन्तरसंघर्षबारे आफ्नै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललक्षित कटाक्ष गरेका छन । आज (बुधबार) एमाले कास्कीले पोखरामा गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले संसदीय दल नेताको हैसियतमा संसदमा गरेको...