काठमाण्डू, ३ वैशाख– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते देशभर पार्टी स्थापना दिवस मनाउने तयारी गरेको छ । देशभरका सातै प्रदेश र जिल्लाका अध्यक्ष र इन्चार्जलाई पत्र लेख्दै उक्त दिन पार्टी स्थापना दिवस मनाउन महासचिव घनश्याम भुसालले सर्कुलर पठाएका हुन् ।...
काठमाण्डू, ३ वैशाख– जिल्ला अदालत काठमाण्डूले मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बिरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए । फौजदारी कसुरमा काठमाण्डू जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । चैत...
काठमाण्डू, ३ वैशाख– पर्साको वीरगञ्जमा समाचार संकलनका क्रममा पत्रकारहरूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । वैशाख २ गते मंगलबार साँझ प्रदर्शनको समाचार संकलनमा जुटिरहेको अवस्थामा महासंघ एसोसिएट प्रदेश समितिका सदस्यसमेत रहेका चन्द्रसूर्य वाणीका धीरेन्द्र तिवारी, एभिन्यूज टेलिभिजनका अर्जुन गुप्ता...
काठमाण्डू, ३ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गरेका छन । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि...
काठमाण्डू, ३ वैशाख– शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज (बुधबार) पनि काठमाण्डू प्रदर्शन जारी राखेका छन । उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा यातायात सेवा समेत अवरुद्ध भएको छ । उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो...
काठमाण्डू, ३ वैशाख– सिराहामा चार महिनाअघि यौन दुर्व्यवहारमा परेर मंगलबार ज्यान गुमाएकी युवतीको घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन । चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतिघरमा झुण्डिएको अवस्थामा भेटिएकी हुन्...
काठमाण्डू, ३ वैशाख– इलामको सुखानी वन क्षेत्रमा बैजनी रंगको कोइली चरा भेटिएको छ । यसलाई नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएको छ । यससँगै नेपालको अभिलेखमा चरा प्रजातिको संख्या ८९९ पुगको छ । नेपालका चराविद राजेन्द्र गुरुङले पहिलोपटक चैत १२ गते...
काठमाण्डू, ३ वैशाख– सिरहामा यौन दुर्व्यवहारमा परेकी दलित समुदायकी एक महिला आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छन । सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुर दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदाय माइतघरमै पासोमा झुण्डेको अवस्थामा मंगलबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ ।...
काठमाण्डू, ३ वैशाख– रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या आउँदा काठमाण्डू फर्काएर अवतरण गरीएको छ । हायड्रोलिक समस्या देखिएपछि काठमाण्डूमा अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ । सो क्रममा त्रिभुवन विमानस्थलमा केही समय उडान अवतरण रोक्नु परेको थियो ।...
काठमाण्डू, २ वैशाख– सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि उमेरहद आवश्यक नपर्ने भनी सरकारले संशोधन गरेको मापदण्ड कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले संशोधित मापदण्ड केही समयका लागि कार्यान्वयन नगर्न आदेश दिँदै त्यो आदेशले निरन्तरता पाउने कि...
काठमाण्डू, २ वैशाख– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा पनि अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डू हिरासतमा रहेका प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जाहेरी आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो...
काठमाण्डू, २ वैशाख– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनमा भएको हिंसात्मक घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवं सांसद डा. धवल शमशेर राणाको बयान सुरु भएको छ । उनीहरु दुवै जनालाई सरकारी...