काठमाण्डू, १३ जेठ– सरकारले राजनीतिक दलको ट्रेड युनियन निकट रहेका २० कर्मचारीलाई दुर्गम स्थानमा सरुवा गरीदिएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालय मातहतका कार्यालयमा हुने गरी नाम पठाएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुनेहरुको सूची पठाए अनुसार गृहले आफू मातहतका कार्यालयमा कर्मचारीलाई खटाएको हो ।
सरुवा हुने सबै नायब सुब्बा सरहका कर्मचारी रहेका छन । कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवालले आफ्नो संगठनका ६ जनालाई दुर्गममा सरुवा गरेको जानकारी दिएका छन ।
सरुवा हुनेमा एमाले निकट कर्मचारी संगठनका महासचिव आरसी अधिकारीलगायत अन्य पदाधिकारीहरु दुर्गममा सरुवा गरिएको छ ।