१ लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात

काठमाण्डु टुडे २०८३ जेठ १३ गते १४:४६ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– हाल नेपालमा एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको पाइएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन मल आपूर्ति भइसकेको छ ।

यसमध्ये ४ लाख ६३ हजार १०७ मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको छ । ‘गोदाममा रहेको, नेपाल भित्रिसकेको र गोदममा इन्ट्री हुन बाँकी रहेको गरेर हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन मल मौज्जाद रहेको छ’, मन्त्री चौधरीले प्रतिनिधिसभा बैठकमा बोल्दै यसबारे जानकारी गराएकी हुन ।

चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको उनले जानकारी दिइन् ।

मध्यपूर्वको द्वन्द्वका कारण रासायनिक मल आर्पुतिमा समेत समस्या भएको उनले बताइन् । उनका अनुसार एक लाख ८७ हजार मेट्रिक टन मल आयात हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us