काठमाण्डू, १३ जेठ– सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य लिएको छ । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यसबारे जानकारी दिएकी हुन् ।
‘आर्थिक वर्ष २०८३–८४ मा करिब १ खर्बको काठ बेच्ने लक्ष्य राखेको छु,’ प्रतिनिधिसभाको बैठकलाई उनले जानकारी गराइन् ।
यसले नेपाली बजारको माग मात्रै पूरा नगरी विदेश निर्यात हुने उनको विश्वास छ । साथै, नेपाल काठमा पूर्ण आत्मनिर्भर पनि हुने उनले जानकारी गराइन् ।