अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड, बढी योगदान बागमतीको

काठमाण्डु टुडे २०८३ जेठ १३ गते १४:०९ मा प्रकाशित

 

काठमाण्डू, १३ जेठ– नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड पुगेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२र८३ अनुसार चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड पुगेको बताइएको छ ।

अर्थतन्त्रमा प्रदेश अनुसार सबैभन्दा धेरै योगदान बागमती प्रदेशको रहेको छ । जसले ३६.७ प्रतिशत हिस्सा ओगटेको छ । सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत रहेको छ ।

नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा अधिक रहने देखिएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उपभोगको हिस्सा ९०.३ प्रतिशत रहने देखिएको छ ।

यस अवधिमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३, प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ र खर्चयोग्य आय २ हजार ५५ अमेरिकी डलर पुग्ने अनुमान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us