रौतहटमा हुरीले घर भत्किँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८३ जेठ १३ गते १२:५७ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक जनाको मृत्यु भएको छ । रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिएका छन ।

हुरीले रायको घरको टायलको छानो र बासको बार भएको एकतले कच्ची घर भत्किँदा फूलकुमारीको मृत्यु भएको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us