कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाण्डु टुडे २०८३ जेठ १३ गते १२:५३ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदमा बजेट प्रस्तुत हुने अघिल्लो दिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक जेठ १४ गते विहीबार बिहान साढे ११ बजे सिंहरदरबारमा बोलाइएको स्रोतले जानकारी दिएको छ । बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us