काठमाण्डू, १२ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंह ले धान रोपाइँको समय नजिकिँदै गर्दा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले आगामी १० देखि १५ दिनभित्र धान रोपाइँ सुरु हुने भएकाले किसानले मल अभावको समस्या भोग्न नपर्ने व्यवस्था मिलाउन आग्रह गरे। आवश्यक परिमाणमा रासायनिक मल आपूर्ति र वितरण प्रभावकारी बनाउन उनले सरकारसँग माग समेत गरेका छन ।
यसै क्रममा सांसद सिंहले उखु किसानले पाउनुपर्ने भुक्तानीको विषय समेत उठाएका छन । चिनी उद्योगबाट किसानले अझै रकम प्राप्त गर्न नसकेको उल्लेख गर्दै उनले सरकारले उपलब्ध गराउने भनिएको अनुदान तथा भुक्तानीसमेत किसानसम्म नपुगेको पनि बताएका छन ।