समाचार

सरकारले तोक्यो बर्खे धानबालीको समर्थन मूल्य

२०८३ जेठ ११ गते १७:१९

काठमाण्डू, ११ जेठ– सरकारले आगामी आर्थिक वर्ष ०८३–०८४ का लागि बर्खे धानबालीको समर्थन मूल्य तोकेको छ । कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन । उनका अनुसार, मोटो धानको...

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

२०८३ जेठ ११ गते १७:०५

काठमाण्डू, ११ जेठ– नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन ।    ...

कांग्रेसले सदस्यता अद्यावधिकका लागि अनुगमन गर्ने

२०८३ जेठ ११ गते १६:४५

काठमाण्डू, ११ जेठ– कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज बनाएर द्रुत गतिमा अगाडि बढाउन संगठनात्मक संरचनालाई सक्रिय बनाउँदै अनुगमन गर्ने तयारी गरेको छ । पार्टी सभापति गगन थापाको उपस्थितिमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले संगठनात्मक संरचनालाई सक्रिय बनाउँदै अनुगमन गर्ने निर्णय गरेको हो ।...

रास्वपा सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने

२०८३ जेठ ११ गते १६:३६

काठमाण्डू, ११ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने भएका छन । लामिछानेको भारत भ्रमण निश्चित भएको रास्वपाका एक पदाधिकारीले जानकारी दिएका छन । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार जेठ...

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

२०८३ जेठ ११ गते १६:२४

काठमाण्डू, ११ जेठ– विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ । प्रसाईंविरुद्ध साइबर अपराधको कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको पर्सा प्रहरीले जानकारी दिएको छ । प्रसाईंको बयान आज नसकिएकाले भोलि मंगलबार उपस्थित गराउने गरी अहिले प्रसाईंलाई अदालतले हिरासतमै...

नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन परराष्ट्रमन्त्री खनालको आग्रह

२०८३ जेठ ११ गते १६:१८

काठमाण्डू, ११ जेठ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू) को उडान सुरक्षा सूची (कालोसूची) बाट हटाउने प्रक्रियामा सहयोग गर्न ईयूका सदस्य राष्ट्रहरूसँग अनुरोध गरेका छन । आज (सोमबार) परराष्ट्र मन्त्रालयमा ईयूका राजदूतहरूको संयुक्त प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले हवाई सुरक्षाको क्षेत्रमा नेपालले...

मन्त्रिपरिषद् बैठक जारी

२०८३ जेठ ११ गते १६:१२

काठमाण्डू, ११ जेठ– मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अधि बैठक सुरु भएको प्रधानन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । प्रधानमन्त्री शाहले बोलाएको यो नियमित मन्त्रिपरिषद् बैठक...

न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्न रास्वपा सांसदको माग

२०८३ जेठ ११ गते १४:४६

काठमाण्डू, ११ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्न माग गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा रास्वपा सांसद न्यौपानेले यस्तो माग गरेका हुन । ‘न्यायाधीशका सम्पत्ति गोप्य राखिनेछ भन्ने नियमावलीमा भएकाले...

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन सरकार पूर्ण प्रतिबद्ध छः मन्त्री गौतम

२०८३ जेठ ११ गते १४:३५

काठमाण्डू, ११ जेठ– सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विषयलाई प्राथमिकतामा राखेको बताएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यस्तो जानकारी दिएकी हुन् । सबै दलसँग बसेर यो विषय अगाडि बढाउने र टीआरसीलाई निष्कर्षमा पुर्याइने पनि उनले बताएकी छन । ‘संक्रमणकालीन...

सचिवालयको बैठकमा विष्णु पौडेल र योगश भट्टराईले मात्रै ओलीको राजीनामा मागेका हुनः एमाले सचिव बस्नेत

२०८३ जेठ ११ गते १४:१७

काठमाण्डू, ११ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र आफूले नेतृत्वबाट बिदा लिने बताएका छन । आइतबार सम्पन्न पार्टीको सचिवालय बैठकमा आफू जिल्ला–जिल्ला पुगेर पार्टीको जागरण अभियानमा लाग्ने समेत बताएका छन । एमाले सचिव महेश बस्नेतका अनुसार...

राजीनामा दिन्नँ, जिल्ला–जिल्ला पुगेर पार्टीलाई पुरानै अवस्थामा पुर्याउँछुः ओली

२०८३ जेठ ११ गते १४:१४

काठमाण्डू, ११ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र आफूले नेतृत्वबाट बिदा लिने बताएका छन । आइतबार सम्पन्न पार्टीको सचिवालय बैठकमा आफू जिल्ला–जिल्ला पुगेर पार्टीको जागरण अभियानमा लाग्ने समेत बताएका छन । एमाले सचिव महेश बस्नेतका अनुसार...

पार्टी पुनर्गठनको विषयमा निर्णय लिन एमालेले बोलायो केन्द्रीय समिति बैठक

२०८३ जेठ ११ गते १४:०८

काठमाण्डू, ११ जेठ– एमालेले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीको सचिवालय बैठकले असार १५ देखि २० गतेको बिचमा बैठक बोलाउने निर्णय गरेको हो । पार्टी अध्यक्ष र महासचिवबिचको सल्लाहमा १५ देखि २० गतेको बिचमा बैठकको मिति तय हुने एमाले उपमहासचिव लेखराज भट्टले जानकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us