समाचार

बागमती नदीमा डुबेर दुई जनाको मृत्यु

२०८३ जेठ १० गते १७:११

काठमाण्डू, १० जेठ– रौतहट र सिन्धुलीको सीमा स्थित बागमती नदी किनारमा दुई जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ बस्तीपुर घर भएका १८ वर्षीय रोहित महतो र लालबन्दी–६ ढुकढुकी एफएम टोल बस्ने २० वर्षीय गणेश महतो रहेको प्रहरीले जनाएको छ...

विपक्षी चार दलले संसद्‌मा सरकारको सशक्त विरोध गर्ने

२०८३ जेठ १० गते १५:१४

काठमाण्डू, १० जेठ– सरकारको गलत कार्यशैलीविरुद्ध प्रतिनिधि सभाका प्रतिपक्षी दलहरु थप सशक्त बन्ने भएका छन । प्रतिपक्षी दलहरु कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरूको आइतबार भएको छलफलमा जेठ १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्षमा...

नेपाल एयरलाइन्सको सञ्चालक नियुक्ति विवादमा, पर्यटनमन्त्रीको निर्णयविरुद्ध उजुरी

२०८३ जेठ १० गते १४:५८

काठमाण्डू, १० जेठ– नेपाल एयरलाइन्सको सञ्चालक सदस्य पदमा गरिएको नियुक्ति विवादमा तानिएको छ । गत ३१ वैशाखमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कास्कीका डा. दीपक प्रसाद बास्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाण्डूका रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाललाई सञ्चालक समितिमा...

‘ओलीले बनाएको पार्टी उनैले सकाए, अब नयाँ ढंगले नगए सकिन्छौँ’

२०८३ जेठ १० गते १४:४४

काठमाण्डू, १० जेठ– एमालेको जारी सचिवालय बैठकमा एमाले उपमहासचिव रघुवीर महासेठलगायतका केही सचिवले अध्यक्ष केपी शर्मा ओली बनाएको पार्टी उनले सकाएको तर्क गरेका छन । एमाले अध्यक्ष ओलीको निवास गुण्डुमा हिजो (शनिबार) बसेको सचिवालय बैठकमा उपमहासचिव महासेठले ओलीको बनाएको एमाले उनकै कार्यकालमा सकिने खतरा...

सरकार वाचापत्र अनुसार अघि बढिरहेको छः सरकार प्रवक्ता पोखरेल

२०८३ जेठ १० गते १३:५५

काठमाण्डू, १० जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सरकार वाचापत्र अनुसार अघि बढिरहेको बताएका छन । काठमाण्डू– ५ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै सरकार प्रवक्ता पोखरेलले यस्तो बताएका हुन । उनले सरकार र पार्टीले चुनावी वाचाअनुसार पहिलो महिना, सय दिन...

अध्यक्ष निमोनियासँग जुधिरहँदा नेतृत्व परिवर्तनको कुरा उठाउनु अपराधिक मानसिकताः महेश बस्नेत

२०८३ जेठ १० गते १३:३०

काठमाण्डू, १० जेठ– एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य संवेदनशील रहेका बेलामा नेतृत्व परिवर्तनको कुरा उठाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । सचिव वस्नेतले यसलाई गैरजिम्मेवार र अपराधिक मानसिकताको संज्ञासमेत दिएका छन । एमालेको सचिवालय बैठकमा आफ्नो तर्फबाट २४ बुँदा...

सुदूरपश्चिममा देउवा समूहको भेला, पार्टी विभाजनतर्फ नलाग्न सुझाव

२०८३ जेठ १० गते १३:१९

काठमाण्डू, १० जेठ– कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आयोजना गरेको प्रदेशस्तरीय भेलामा संस्थापन इतर समूहका नेता–कार्यकर्ताको बाक्लो सङ्ख्यामा सहभागि भएका छन । प्रदेश सभापति वीरबहादुर बलायरको अध्यक्षतामा धनगढीस्थित सौराई स्क्वायरमा सुरु भएको भेलामा ‘नेपाली कांग्रेसको बृहत्तर एकता र पुनर्जागरणका लागि सुदूरपश्चिम प्रदेशस्तरीय भेला’ शीर्षकको ब्यानर...

एमाले सचिवालय बैठक जारी

२०८३ जेठ १० गते १२:४३

काठमाण्डू, १० जेठ– एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा गत शुक्रबारदेखि बैठक जारी छ । शुक्रबार र शनिबार पनि नेताहरूले बोल्ने क्रम नसकिएपछि बैठक आज पुनः बसेको हो । बैठकमा उठेका प्रश्नको...

जब ओलीले सचिवालय बैठकमा रिसाउँदै भने एक एक केन्द्रीय सदस्यसँग म पनि कुरा गर्छु…

२०८३ जेठ १० गते ११:५२

काठमाण्डू, १० जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी सचिवालय बैठकमा आफ्नो राजीनामा माग्ने पदाधिकारीहरुलाई कुन विधिबाट नेतृत्व परिवर्तन गर्ने भनेर प्रतिप्रश्न गरेका छन । आफू निकट नेताहरू नै पार्टी पुनर्गठनको पक्षमा उभिएपछि संकटमा परेका अध्यक्ष ओलीले बहुसंख्यक सचिवालय सदस्यको धारणा...

आफ्नो राजीनामा माग्ने पदाधिकारीलाई ओलीको प्रतिप्रश्नः मलाई कुन विधिबाट कसरी हटाउने ?

२०८३ जेठ १० गते ११:४९

काठमाण्डू, १० जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी सचिवालय बैठकमा आफ्नो राजीनामा माग्ने पदाधिकारीहरुलाई कुन विधिबाट नेतृत्व परिवर्तन गर्ने भनेर प्रतिप्रश्न गरेका छन । आफू निकट नेताहरू नै पार्टी पुनर्गठनको पक्षमा उभिएपछि संकटमा परेका अध्यक्ष ओलीले बहुसंख्यक सचिवालय सदस्यको धारणा...

रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै

२०८३ जेठ १० गते ११:३७

काठमाण्डू, १० जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी भारत जान लागेको रवि निकट उच्च स्रोतले जानकारी दिएको छ । दुई दिनसम्म भारतमा...

कसैले भन्दैमा पार्टी नेतृत्व छाड्दिनः ओली

२०८३ जेठ ९ गते २२:३४

काठमाण्डू, ९ जेठ । पार्टीभित्र चौतर्फी दबाबबीच एमाले अध्यक्ष केपी ओलीले पद नछाड्ने अडान लिएका छन् । शनिबार आफ्नै निवास गुण्डुमा बसेको सचिवालय बैठकमा ओलीले कुनै हालतमा नेतृत्व नछाड्ने अडान लिए । सचिवालय बैठकमा शुक्रबार उपाध्यक्षहरु विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, गोकर्णराज विष्ट र रघुजी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us